Dashain Suvakamana

भारतमाथि नेपालकाे ९२ रनकाे शानदार जित

धनगढी । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो ।

mahotsab

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनायो । नेपालका लागि राशिद खानले ३ विकेट लिए भने बसिर अहमदले पनि ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ‌ओभरमा कुनैपनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । राशिद खानले १७ बलमा ५५ रन बनाएर रिटायर भएका थिए । सन्दीप जोराले अविजित ४७ तथा लोकेश बमले अविजित ३१ रन बनाए ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।

बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपालले अब यूएईसँग भोलि खेल्नेछ । बाउल लिगबाट शीर्ष २ हुने टोलीले बाउल फाइनल खेल्ने छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.