धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ डडेल्धुराकाे उग्रतारा भगवती मन्दिरमा आज दोस्रो दिनको मेला देहिजाँत मनाइदै छ। यस वर्ष कात्तिक १८ गते रतेडी र आज दिउसेणी मेला लागेको उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भट्टले दिए।
उनका अनुसार, छचोडा, खनमडा, दुमडा र जिलोडा नामक चार गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) रहेको छ। ती चार गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ बजेको समयमा देउरो मन्दिर पुगेपछि दिउँसोको देहिजाँत मेला सुरु भएको छ। पण्डित भट्टका अनुसार, बिहान पूजाआजापछि भगवती माताको गाँज मन्दिरमा र विशेष चार स्थानमा बाजागाजासहित घुमाइन्छ।
दिउँसो चार गाउँबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चार गाउँको भ्राणमा लगेर राखिएपछि मेला सम्पन्न हुनेछ।