आन्दाेलकाे क्षतिका नाममा आफ्नाे बजेट नकाट्न अपाङ्गताकाे खबरदारी

धनगढी । सुदूरपश्चिमका अपाङ्गता भएकाहरुले जेनजी आन्दाेलनबाट भएकाे क्षतिकाे पूर्ति गर्ने बहानामा आफ्नाे बर्गलाई छुट्टाएकाे बजेटमा कटाैती नगर्न तीन तहकै सरकारलाई खवरदारी गर्ने भएकाे छ । राष्ट्रिय अपाङ्ग महासँघ सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयाेजित सराेकारवालासंगकाे छलफलमा यस्ताे निर्णय गरिएकाे हाे । 

सरकार र समाजकाे त्यति महत्वमा नपरेकाे अपाङ्गता क्षेत्र सधैभरी असहज अवस्थामा बाँचिरहनुपरेकाे भन्दै सहभागी अपाङ्गता अभियानकर्मीहरुले आन्दाेलनमा क्षति भएका कार्यलय तथा गाडी, फर्निचर लगायतका भाैतिक सामाग्रीकाे बिकल्प खाेजेर काम चलाउन सकिने भएपनि अपाङ्गता क्षेत्रकाे अतिआवश्यक बजेट कटाैती गर्न थाले अकालमै मृत्यु बरण गर्नुपर्ने  बताएका हुन् ।

उनीहरुले घर बाहिर निस्केकाहरु पुन घरभित्र बस्न बाध्यहुने भन्दै भाैतिक विकास दुई बर्षपछि भएपनि आफुहरुलाई मृत्युबरण गर्न नदिन सराेकारवाला सबैमा आग्रह समेत गरे । आजकाे छलफलबाट तीन तहकै सरकारलाई खबरदारी गर्ने निर्णय भएकाे भन्दै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद धमलाले समितिकाे बाेर्ड बैठक बसेर चाँडै दवाबका कार्यक्रम तय गरिने जानकारी दिए । 

कार्यक्रममा  धनगढीउपमहानगरपालिका वडा नम्वर २ का अध्यक्ष धर्मराज ओझा, अपाङ्गता अभियान्ता रमेश बस्नेत, भवानी ऐर, नरेन्द्र जैशी, निर्मला बिष्ट, ईन्द्र पाली, चेतराज भट्ट लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.