Dashain Suvakamana

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

अपाङ्गता भएका व्यक्तिहरु अन्नपूर्ण आधार शिविर पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित चार हजार एक सय ९० मिटरको उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा विभिन्न ६ प्रकारका अपाङ्गता भएका पर्यटकहरु पुगेका हुन् ।

mahotsab

उनीहरु हुमखोलादेखि मौरिस हर्जोग पदमार्ग हुँदै करिब १८ घण्टाको पदयात्रापछि  चार हजार ५० मिटरको उचाइ रहेको पञ्चकुण्ड ताल हुँदै आधार शिविर पुगेको पदयात्रामा सहभागी अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालका सचिव विशाल विकले बताए ।

पदयात्रामा शारीरिक अपाङ्ग भएका चोमु शेर्पा खुसी, इश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टिसम्बन्धी दृष्टिविहीनता अपाङ्गता भीम गुरुङ, सुनुवाइसम्बन्धी बहिरा वासु थकाली र सहयोगीको रूपमा बन्दना राई सहभागी थिए ।

अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश प्रवाह गर्न पदयात्रा गरिएको सञ्जालका अध्यक्ष विकले बताए । पदयात्राको उद्देश्य अनुसार सफलता हासिल भएको उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.