दुई खेल अघि नै नेपाल टी-२० विश्वकपमा

काठमाडौं । नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ ।

ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा स्थान पक्का गरेको हो । सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो । त्यसपछि भने नेपालले धेरै कुर्न नपर्ने भएको छ ।

सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा डेब्यु गरेपछि नेपाली क्रिकेटमा क्रान्ति सुरु भएको थियो र त्यसपछि नेपालले लगातार विश्वकप खेल्ने अनुमान थियो । तर नेपालले सोचेअनुसार प्रदर्शन गर्न सकेन । पहिलो पटक विश्वकप खेलेपछि नेपालले दश वर्षपछि मात्र सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी२० विश्वकपमार्फत पुनरागमन गरेको थियो ।

दुई खेलअघि नै विश्वकपमा

यसअघि टी२० विश्वकप छनोट संरचना केही परक थियो । एसिया र इएपीको टिम राखेर सँगै छनोट खेलाइएको थियो । जसमा एसियाबाट ६ र इएपीबाट ३ गरी ९ टिम सहभागी थिए । एसियाका ओमान रनेपालसँगै इएपीका पपुवा न्यु गिनीले अघिल्लो विश्वकप खेलेको आधारमा सिधै अन्तिम चरणको छनोट खेल्न पाएका थिए ।

बाँकी टिमहरु युएई, कतार, मलेसिया, कुवेतसँगै जापान र सामोह भने आफ्नो क्षेत्रमा सब रिजनल छनो६ खेलेर एसिया र इएपीको अन्तिम चरणको छनोटमा पुगेका थिए । यी ९ टोलीबाट शीर्ष ३ टिम विश्वकप पुग्ने प्रावधान थियो । ९ टिमलाई ३-३ टिम रहने गरी तीन समूहमा विभाजन गरिएको थियो । सिंगल राउण्डको समूह चरणको खेलपछि सुपर सिक्स फर्म्याटमा खेलाइएको थियो ।

समूह चरणमा दुई खेल जितेर सुपर सिक्स पुगेको नेपालसँग २ अंक बोनस थियो । घरेलु टोली ओमान र युएई पनि समूह चरणमा अपराजित रहँदै २-२ अंक जोडेको थियो । सुपर सिक्समा सुरुवाती दुई खेलम युएई र कतारलाई हराएर नेपाल विश्वकप पुग्न बलियो अवस्थामा थियो ।

तेस्रो खेलमा ओमानसँग खेल्नुअघि आफु अनुकल नतिजा बउँदा नेपालले दुई खेल अगावै विश्वकपमा स्थान बनाएको हो । बुधबार कतारले जापानलाई तथा युएईले समाओलाई हराएपछि नेपाल र ओमान दुई खेल अघि नै विश्वकपको टिकट काट्न सफल भए । ३ खेलबाट नेपाल र ओमानको समान ६ अंक छ । नेटरनेटका आधारमा ओमान अघि छ ।

अब युएई र जापान मध्ये एक टिमको मात्र ६ अंक पुग्नेछ । त्यसैले नेपाललाई कुनै फरक पर्दैन । अब नेपाल र ओमानबीचको खेलको नतिजाले एक टिमको अपराजित यात्रा भने टुङ्गिनेछ । जित्ने टिम भने छनोटको च्याम्पियन बन्ने यात्रामा अघि बढ्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.