अत्तरियामा युवकमाथि चक्कु प्रहार गर्ने गिरोहका १० जना पक्राउ

धनगढी । कैलालीको अत्तरियामा एक युवकमाथि धारिलो हतियार प्रहार गर्ने गिरोहका १० जना पक्राउ परेका छन् । भारततर्फ भागिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपाली सहितका १० जनालाई गए राती प्रहरीले पक्राउ गरेको हाे ।

गोदावरी नगरपालिका वाड नम्माबर ४ मा रहेको शुभम् होटलमा नास्ता खाइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका– २ का ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार गर्ने गिरोहका १० जनालाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेकाे बताइएकाे छ । उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

भारततर्फ भाग्दै गरेका उनीहरूलाई सीमा नाका नजिकैबाट समातेकाे र  घटनामा पक्राउ परेका नेपालीको ग्याङ कोब्रा सरकारका नामले परिचित छ । त्यसको नेतृत्व सन्नी नेपालीले गर्दै आएको प्रहरीले जनाएको छ ।

ऐर माथी राती करिब ११ बजेतिर होटलमा बसेर नास्ता खान खाइरहेको बेला बाहिरबाट आएको एक गिरोहले  आक्रमण गरेको थियो । गम्भीर घाइते ऐरलाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटलमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत रिफर गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.