कैलाली उद्योग वाणिज्यमा ओझाको अग्रता कायमै, अन्य कस्काे कत्ति ?

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म एक हजार दुइ सय मतगणना भएको छ ।

अध्यक्षमा पुष्करराज ओझाले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । एक हजार दुई सय मतगणना हुँदा ओझाले ५९६ मत पाएका छन् भने रुपेश स्वाँरले ५४३ मत पाएका छन् । वरिष्ठ उपाध्यक्षमा केशव जोशीले ५८७ मत पाउदा ओम बिस्टले ३५४ मत पाएका छन् भने सुरेन्द्र राठिले १५६ मत पाएका छन् । उपाध्यक्षमा लक्ष्मण पन्त, अनिल कुमार भुजानिया, गगन केसी, भिम राज ओझा (अब्बु) ले अग्रता कायमै राखेका छन ।

महासचिवमा दिनेश लम्सालले ५७७ मत ल्याउदा शुरेस पाण्डेयले ५०३ मत पाएका छन् । कोशाध्यक्षमा तिलक बोहराले ६९९ मत ल्याउदा शुरेन्द्र कठायतले ३५३ मत पाएका छन् । सचीवमा प्रकाश चन्दले ५६२ मत पाउदा कृस्णा बिस्टले ३२८ तथा कोपिला कुवरले २०० मत पाएका छन् ।

दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जनाको उम्मेदवारी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.