गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोग मान्दैनाै : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन् । बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले अयोगबारे यस्तो टिप्पणी गरेका हुन् ।

‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’, प्रश्न गर्दै ओलीले गजबको ड्रामा गरिएको बताए । ‘यस्ता नाटक एमालेलाई मन्जुर र स्वीकार छैन’, ओलीको भनाई छ । उनले आयोगको प्रतिवेदन नमान्ने समेत बताए । ‘के गर्नुस् गर्नुस्’, उनले भने एमाले चिचिपट खेलेर नआएको भन्दै देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएकाे बताए ।

अहिलेको संसद् विघटन असंवैधानिक, गैरकानुनी र अलोकतान्त्रिक भएको दाबी गर्दै यसको पुनर्बहालीका लागि अब प्रतीक्षा होइन, प्रतिवादको समय आएको बताए। ’कतिपय भन्छन्, फागुन २१ गतेसम्म पर्खौँ, चुनाव भएन भने माग गरौँ,’ ओलीले भने, ’पर्खिनु पर्ने अवस्था छैन। अहिले नै नेपाली जनताले आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.