प्रहरीका ८ सय बढी हतियार गायब, १४ सय थुनुवा अझै फरार

काठमाडौं । जेन–जी आन्दोलनको क्रममा लुटिएका मध्य नेपाल प्रहरीका ८ सय भन्दा बढी हतियार अझै गायब छन् । २३ र २४ भदौमा देशभर भएको जेन–जीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो ।

प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेर लगेको तस्बिर, भिडिओमा समेत देखिन्थ्यो । तीमध्ये तीन सयभन्दा बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेका छन् ।तर अझै ८ सय भन्दा बढी हतियार गायब रहेको प्रहरी प्रधान कार्यालय स्राेतले बताएकाे छ ।

साेही आन्दोलनको क्रममा देशभरका विभिन्न प्रहरी हिरासतमा रहेका १४ सय थुनुवा अझै फरार रहेका छन्। आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि हिरासतका थुनुवालाई प्रहरीले छाडिदिएको थियो । ती मध्ये केही थुनुवा पक्राउ पर्नुका साथै केही आफै आए पनि अझै १४ सय थुनुवा फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.