नेपालले जित्यो मलेसियाविरूद्धको ५ खेलको टी–आई शृंखला

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२०आई शृंखला जितेको छ । आज बुधबार सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको हो ।

पहिलो खेलमा मलेसिया तीन रनले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा मलेसियाले नेपाललाई १३ रनले पराजित गरेको थियो । चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो भने आज मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.