Dashain Suvakamana

जेनजी आन्दोलनका सहिद गौरव जोशीका परिवारलाई १५ लाख भुक्तानी

Ajai

धनगढी । जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपियाँ भुक्तानी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सहिद जोशीका परिवारलाई आइतबार क्षतिपूर्ति रकम भुक्तानी गरेको हो।

गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले क्षतिपूर्ति रकम भुक्तानी गरिएको पत्र सहिद परिवारलाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.