माओवादी बैठकमा सबै कमिटीहरु विघटनको प्रस्ताव पेस

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन् । बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्षसहित सबै पदाधिकारीसहितको कमिटी विघटनको प्रस्ताव पेस गरेका हुन् ।

प्रस्तावअनुसार उनले विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेको एक नेताले बताए । सो प्रस्ताव पदाधिकारी र स्थायी कमिटी बैठकबाट पारित भएअनुसार केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले पेस गरेका हुन् ।  केन्द्रीय समितिबाट अनुमोदन भएमा हालका सबै कमिटी विघटन हुनेछ । यसअघि बैठकको प्रारम्भमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेका छन्।

बैठकमा प्रस्तुत एजेन्डाअनुसार पहिलो चरणमा श्रद्धाञ्जली अर्पणपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उक्त प्रस्तावमाथि छलफल हुनेछ। बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माणका विषयमा समेत विस्तृत छलफल हुने छ।

यस्तै, जनपरिचालन र जनसम्बन्ध सुदृढीकरणका मुद्दा तथा अन्य विविध एजेन्डा पनि बैठकमा उठाइने कार्यक्रम छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.