जेनजीले सुरु गर्याे धनगढीमा सरसफाइ तथा पुनर्निर्माण अभियान

धनगढी । हालै सम्पन्न जेन्जी आन्दोलनका क्रममा देशभर भएको मानवीय तथा भौतिक क्षतिले धनगढी पनि प्रभावित भएको छ। विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक संरचनामा पुगेको क्षतिको कारण जनताले पाउनुपर्ने सेवा–सुविधामा समेत अवरोध भएको भन्दै धनगढी जेन्जी समुदायले पुनर्निर्माण र सरसफाइ अभियान सुरु गर्ने गरेको छ।

जेनजी समुदायले धनगढीमा रहेका सम्पूर्ण युवाहरूलाई आह्वान गर्दै जिल्ला प्रशासन, कैलाली भन्सार कार्यालय लगायतमा सरसफाइ र पुनर्निर्माणका काम थालेकाे छ।

समुदायले धनगढीलाई पहिलेजस्तै बनाउन सरसफाइ र पुनर्निर्माणका काम थालिएकाे बताएकाे छ। यस क्रममा सरकारी संरचनाहरू मर्मत तथा सरसफाइ गरी सेवा प्रवाह सहज बनाउन पहल गरिने जनाइएको छ।May be an image of 7 people, temple and text

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.