धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका ब्याटर क्रिस लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको छ । रोयल्सले आज आधिकारिक रूपमा लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।
अस्ट्रेलियाका लागि उनले १८ टी-२०आई खेलमा २९१ रन बनाएका छन् । सबैखाले टी-२० मा उनले ५ शतकसहित २९३ खेलमा ८३५५ रन बनाएका छन् । उनले आईपीएल, बीबीएल, सीपीएल लगायत विश्वका चर्चित क्रिकेट लिगहरूमा खेलेका छन् ।
क्रिस लिनलाई टोलीमा समावेश गराउन पाउँदा निकै खुसी भएको सुदूरपश्चिम रोयल्समा मालिक स्वतन्त्र प्रताप शाह बताउँछन् । क्रिसको आगमनपछि टोली थप मजबुत हुने उनले बिश्वास गरेका छन्।
दोस्रो संस्करणको एनपिएल आगामी मसिंर १ गतेबाट सुरु हुँदैछ। सूदूरपशिचम रोयल्स एनपिएल सिजन-१ को उपविजेता टोली हो।