काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन दिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो ब्यहोराको पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाउने निर्णय गरेको हो ।

अहिले मन्त्रालयले फेसबुक लगायत २६ वटा सामाजिक सञ्जालमा प्लेटफर्म निष्क्रिय गर्ने निर्णय गरेको बताइएको छ । दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ । सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै नेपालमा सूचीकरण हुन नआएका फेसबुक, ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले सूचीकरण हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको मन्त्रालयस्रोतले बतायो। यद्यपि यसको आधिकारिक जानकारी भने मन्त्रालयले गराएको छैन। भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल भने नेपालमा यसअघि नै सूचीकरण भइसकेका छन् ।
