अछाम । अछाममा दुई किशोरी एउटै पासाेमा मृत फेला परेका छन् । तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा उनीहरु झुण्डिएकाे अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहान घर नजिकैको वनमा रहेको एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । १५ र १७ वर्षका उनीहरुकाे उमेर नपुगेको हुँदा प्रहरीले किशोरीको नाम सार्वजनिक गरेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।