कैलाली र कञ्चनपुरमा आज बाढीको ‘उच्च’ जोखिम

धनगढी । लगातारकाे वर्षासँगै सुदूरपश्चिमका केही सानाठूला नदीमा आज (भदौ १६) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विशेष गरी आज कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘उच्च’ जोखिमको सम्भावना औँल्याइएको हाे ।

यहाँका दार्चुला, डडेलधुरा, बैतडी, बझाङ, डोटी, बाजुरा, अछाम, यस्तै हुम्ला, दोलखा, सिन्धुपाल्चोक र रामेछाप भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने महाशाखाको अनुमान छ । महाकाली नदीको बहाव सतर्कता आसपास रहेको महाशाखाले जनाएको छ ।

b1-1756698595.jpg

b2-1756698595.jpg

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.