सुदूरपश्चिम प्रदेशमा भाेलि पनि सार्वजनिक विदा

धनगढी । गौरा वर्पको अवसरमा यस वर्ष सुदूरपश्चिम प्रदेशमा २ दिन विदा दिइएको छ । गौरीको मुख्य दिन गौराष्टमीका दिन आज संघीय सरकारले विदा दिएको छ भने गौराकै अवसरमा भाेलि सुदूरपश्चिम सरकारले थप एक दिन विदा दिएको हाे ।

यसअघि हिजाे पनि शनिवार भएकाले यस पटक गौराका लागि लगातार तिन दिन विदा परेको छ । गौरा अन्तरगत आज मुख्य दिन अठवाली अथात् गौरा-महेश्वरकाे बिवाह हर्षोल्लासका साथ मनाइँदैछ । पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ ।

सोहीअनुसार परापूर्व कालदेखि गौरापर्व मनाइँदै आइएको पाइन्छ । भगवान् शिव र पार्वतीको पूजा आरधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.