फेरी कैलाली कारागारका एक थुनुवाको मृत्यु

धनगढी । कैलाली कारागारका एक थुनुवाको मृत्युु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमवार दिउँसो मृत्युु भएको कारागार प्रशासनले जनाएको छ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले बताए। उनले मृत्युको कारण भने खुल्न नसकेको बताएका छन।

मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.