मुख्यमन्त्री शाहले विश्वासको मत लिएपछि पहिलाे पटक प्रदेशसभा बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्ने भएको छ । तीन सातापछि प्रदेशसभाको बैठक बस्न लागेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिवालयले आज दिनको ४ बजे सभाको बैठक बोलाइएको जनाइएको छ । बिहीबार बस्ने प्रदेशसभा बैठकमा दुई वटा विषयवस्तु कार्यसूचीमा रहेको जनाइएको छ ।

बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सदनमा सामान्य छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । यसैगरी, दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबुल हुने कार्यसूची रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.