Dashain Suvakamana

मुस्ताङको घरपझोङले दियाे देशका सबै पालिका प्रमुखलाई निम्ताे

‘जलवायु परिवर्तन सम्मेलन’

मुस्ताङको घरपझोङ गाउँपालिकाले देशैभरका स्थानीय तहहरूलाई एकै ठाउँमा भेला गराउदैछ । गाउँपालिकाले आगामी भदौ ३१ गते जोमसोममा राष्ट्रिय स्तरको ‘जलवायु परिवर्तन सम्मेलन’ आयोजना गर्ने घोषणा गर्दै नेपालका सबै ७५३ वटै पालिकाका प्रमुखलाई निमन्त्रणा पठाएको हो ।

mahotsab

तराई, पहाड र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे राष्ट्रिय स्तरमा साझा धारणा बनाउने र न्यूनीकरणका लागि सबै स्थानीय तहको ऐक्यबद्धता जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले बताए ।सम्मेलनको मूल नारा ‘स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी’  तय भएको उनकाे भनाई छ ।

सम्मेलनमा सहभागी हुन आउने सबै पालिकाका प्रमुख/अध्यक्ष र एक जना सवारी चालकका लागि भदौ ३० र ३१ गते (दुई रात एक दिन) को खाना, बास र खाजाको व्यवस्था आयोजक घरपझोङ गाउँपालिकाले नै गर्ने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.