निर्वाचन आयाेगले नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीरलाई पनि मानेन्

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, मंगलबार निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिइएको हो।

यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने स्थिति बनेको छ। रञ्जिता निकट एक नेताले भने, “निर्णय राति अबेर भएको हो, तर अहिलेसम्म हामीले पत्र पाएका छैनौँ। सायद आज पत्र आउला, त्यसपछि मात्र केही भन्न सकिन्छ।”

यसअघि रेशम चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए। त्यसपछि लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.