बस र माइक्रो एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

धनगढी । सडकमा गुडिरहेका बस र माइक्रो बस एकआपसमा ठोक्किँदा माइक्रोमा सवार तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । आज बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच(बलुवा चौक)मा भएकाे उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको हाे ।

राजविराजबाट विराटनगर जाँदै गरेको माइक्रो र काकडभिट्टाबाट आइरहेको बस एकआपासमा ठोक्किँएर दुर्घटना भएको र १२ जना भन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.