बडीमालिकाबाट फर्किने क्रममा एक जनाको मृत्यु

बाजुरा । बडीमालिका दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ । बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा भीरबाट लडेर ५२ वर्षिय विप्लव ओझाको मृत्यु भएको हो ।

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका– ५ घरभएका ओझा बिहिबार साँझ भीरबाट लडेको जिल्लाका प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक इकवाल हवारीले बताए । उनका अनुसार नाटेश्वरी झर्ने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् । राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न थालिएकाे उनले बताए ।

लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि खराब मौसमका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.