भारतमाथि थप प्रतिबन्ध लगाउँदै जाने ट्रम्पको चेतावनी

भारतमाथि थप २५ प्रतिशत कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप प्रतिबन्ध लगाउँदै जाने चेतावनी दिएका छन् । नयाँ करसँगै पहिलेदेखि लागू २५ प्रतिशत र अहिलेको २५ प्रतिशत गरी ५० प्रतिशत पुगेको छ ।

व्हाइट हाउसमा पत्रकार सम्मेलनमा ट्रम्पसँग चीनसहित कयौं देश रुसबाट तेल खरिद गर्छन् तर भारतलाई नै किन निशाना बनायो भन्ने प्रश्न गरिएको थियो ।

जवाफमा ट्रम्पले भने, ‘अहिले त मात्र ८ घण्टा भएको छ । हेरौं अगाडि के हुँदै जान्छ । अझै धेरै देख्न बाँकी छ । कयौं अतिरिक्त प्रतिबन्धहरु देख्न पाउनुहुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.