धनगढी उपमहानगरपालिकाको टोली पूजा गर्न बडीमालिका प्रस्थान

धनगढी । कैलालीको धनगढी उप‐महानगरपालिकाको सरकारी टोली बडीमालिकाको प्रस्थान गरेको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बाजुरा स्थित बडीमालिका माईको मन्दिरमा श्रावण २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलाको अवसरमा धनगढी उप‐महानगरपालिकाको सरकारी पूजा टोली प्रस्थान गरेको हो।

धनगढी उपमहानगरपालिकाका नगर उप–प्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती लगाएतको टोली बडीमालिका प्रस्थान गरेको हो। नगर उप–प्रमुख रानाले ४५ जनाको समूहमा टोली बडीमालिकाका लागि प्रस्थान गरेको बताएकी छन्।

धनगढी उपमहानगरपालिकाको टोलीले वनदेवी मन्दिरमा पूजासहित विधि पूर्वक यात्रा सुरु गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.