सुदूरपश्चिमका हिमाल चढ्दा सलामी दस्तुर नलाग्ने

धनगढी । सुदूरपश्चिम प्रदेशका हिमाल चढ्दा आरोहण शुल्क नलाग्ने भएको छ । सरकारले दुई वर्षका लागि आरोहण शुल्कमा मिनाहा गरेको हो । 

चालु आर्थिक वर्ष र आगामी आव २०८३ र ०८४ मा सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिहाना गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र कर्णालीमा रहेका ९७ हिमाल आरोहणमा दुई वर्षका लागि पूर्णरुपमा सलामी शुल्क छुट गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका छ हजार माथिका हिमालहरुको हालसम्म सफल आरोहण हुन सकेको छैन । सुदूरपश्चिममा ७१३२ मिटर अग्लो अपि, ७,११० मिटर अग्लो नाम्पा चुली, ७,०३१ मिटर अग्लो साइपाल, ६,८५० मिटर अग्लाे जेठी बहुरानी लगायतका हिमाल रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.