सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिदैं

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदैं छन । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

साँझ ५ बजे बस्न लागेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले बिश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएकाे छ।

साउन १२ गते कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको थियो भने एमालेले पनि पक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.