उफ गर्मी ! आजदेखि थप ६ घण्टा लोडसेडिङ

धनगढी । वर्षाकाे समय भएपनि अकासे पानी नपरेर अत्यधिक गर्मी बढेका बेला बिधुत प्राधिकरणले आजदेखि थप ६ घण्टा लाेडसेडिङ गर्नु परेको जनाइएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले चितवन पूर्वमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे ।

यसअघि अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको वितरण केन्द्र चनौलीले आजबाट थप ६ घण्टा नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ । तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।

यस्तो छ लोडसेडिङ तालिका

१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।

२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।

३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.