कैलालीका वन अधिकृत यादव ७ लाख ३१ हजार घुससहित पक्राउ

धनगढी । डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

उनीविरुद्ध कैलालीको चुरे गाउँपालिका–६ को ग्वासी सामुदायिक वनको घाटगड्डी गरिएको काठको बिमर्का र छोडपुर्जी दिनेबारे सेवाग्राहीसँग रकम माग गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले यादवलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.