धनगढी बजारमा आगलागीबाट आठ सटरमा क्षति

धनगढी । कैलालीको धनगढीमा आगलागीबाट आठवटा सटरमा क्षति भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकका व्यपारिक सटरमा अचानक विद्युत तार सर्ट भइ आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट विश्वप्रकाश कँडेलले सञ्चालन गरेको हेलेन ट्रेड एण्ड सप्लायर्सको चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलको तीन वटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति भएको छ । आइतबार राति पौने ११ बजेतिर लागेको आगो दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो ।

आगो नियन्त्रणका जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक बालनरसिंह राणाको कमाण्डमा नेपाल प्रहरीको ४५ जनाको टोली, सहायक प्रहरी निरीक्षण सरोज खतिवडाको कमाण्डमा सशस्त्र प्रहरीको २५ जनाको टोली खटेको थियाे भने धनगढी उपमहानगरपालिकाको दुई र गोदावरी नगरपालिकाको एक वटा दमकल प्रयोग गरिएको थियो ।

आगलागीबाट सटरमा रहेका कराेडाैंकाे सामान खरानी भएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.