डडेल्धुरा अस्पताललाई स्वास्थ्य बिमाबाट हटायाे, माओवादीकाे आपत्ती

डडेल्धुरा । सरकारले सुदूरपश्चिमको एक मात्र संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा बिन्दुबाट हटाएको छ।

अबदेखि डडेल्धुरा अस्पतालमा सिधै गएर बिमाको सेवा लिन नमिल्ने भएको सूचना जारी गर्दै अस्पतालले सेवा लिन चाहने बिमितहरूले स्थानीय तहका सूचीकृत स्वास्थ्य संस्थाबाट रेफरल सिफारिस अनिवार्य रूपमा लिएर आउनु भनेकाे छ। डडेल्धुरामा केवल परशुराम नगरपालिकाको जोगबुढा अस्पताल मात्र प्रथम सेवा विन्दुका रूपमा तोकिएको छ।

डडेल्धुरा अस्पताललाई स्वास्थ्य बिमा लगायतका सेवा सुविधाबाट हटाएर केवल रेफरल सेवामा सीमित गर्ने निर्णयप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति डडेल्धुराले गम्भीर आपत्ति जनाएको छ।

पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्ने भन्दै खेद प्रकट गरेको छ। साथै उक्त निर्णय तत्काल सच्याउन स्वास्थ्य बीमा बोर्डसहित सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.