कालोपत्रे गरेकाे सडक निर्माण सम्पन्न नहुँदै उप्किन थाल्याे

धनगढी । कैलालीको अत्तरियामा कालोपत्रे गरेकाे सडक निर्माण सम्पन्न नहुँदै उप्किन थालेकाे छ । असारे झरी सँगै अत्तरियाको आदर्श गल्लीकाे सडकमा गरिएको कालोपत्रे उप्किन थालेको हाे । 

स्थानीय राम प्रसाद जोशले  पानी परिरहेकै बेला भिजेकै सडकमा कालोपत्रे गरिएकाले यस्तो भएको हुन सक्ने बताए । उनले कालोपत्रेको गुणस्तर जाँच गरिनुपर्ने माग समेत गरे ।

गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मै ठेक्का लगाएको करिब २२५ मिटरको यो सडक निर्माणको जिम्मा कुमार शिशिर कन्स्ट्रक्सनलाई दिइएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.