आजदेखि धनगढी–पोखरा रुटमा ‘सोफा सिटर बस’ सञ्चालन

धनगढी। सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आजदेखि धनगढी–पोखरा रुटमा ‘सोफा सिटर बस’ सञ्चालनमा ल्याएको छ । भीआइपी सोफा एसी बस सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ । आजदेखि सञ्चालनमा आएका उक्त बस सेवाको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उद्धाटन गरे ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्का, नेपाल यातायात व्यवसाय राष्ट्रि महासंघका सुदूरपश्चिम प्रदेश संयोजक टेकराज जोशी, कैलालीका प्रहरी प्रमुख एसपी बाल नरसिंह राणा, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको उपस्थिति रहेको थियो ।

बसहरु धनगढी बसपार्कबाट प्रत्येक दिन दिउँसा १२ बजे पोखराका लागि छुट्ने छ भने पोखराबाट धनगढीका लागि पोखरा बसपार्कबाट दिउँसो साढे १२ बजे बस छुट्ने प्रालिका महासचिव सुरेन्द्र बोहराले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.