धनगढी । नदीमा डुबेर कैलालीमा दुई जना किशाेरको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-३ नारायणपुरको डोडा नदीमा सोही ठाउँ बस्ने १५ वर्षीय सुनिल भट्ट र १७ वर्षीय सुन्दर प्रसाद भट्टको मृत्यु भएको हाे।
उनीहरुको नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। साथीहरूसँग नदीमा नुहाउन गएका उनीहरु घर नजिकै रहेको नदीमा डुवेपछि स्थानीय र प्रहरीको सहयोगमा नदीबाट शव निकालेका थिए ।
अहिले दुबै शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ।