धनगढी । अपाङ्गता संगठन नेपालकाे प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनबाट बलराम पन्त अध्यक्षमा निर्वाचित भएका छन् । पेशाले स्थायी शिक्षक रहेका पन्तकाे नेतृत्वमा कैलालीकाे धनगढीमा आज १३ सदस्यीय समिति चयन भएकाे हाे ।
नेकपा माओवादी केन्द्रकाे जनबर्गिय संगठन अपाङ्गता संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे उपाध्यक्षमा सरस्वती बिष्ट, सचिवमा भबेन्द्र सिंह, सह-सचिवमा हरी नाथ र हरिष नेपाली रहेका छन् । यस्तै, काेषाध्यक्षमा तारा भुल सदस्यहरुमा राजेन्द्र डगाैरा, दुर्गा शाह, श्रीखण्ड उपाध्याय, मञ्जु चाैधरी, ज्ञानम सिं रहेका छन् ।
यस्तै सम्मेलनबाट डाउन सिनड्रम कैलालीका अभिभावक खडक भट्टकाे संयाजकमा जनयुद्ध तथा जनआन्दाेलनका घाईते समाज सुदूरपश्चिमका अध्यक्ष जय बहादुर धामी (जगत) सदस्य रहेकाे सल्लाहकार समिति गठन गरिएकाे छ । यसअघि सम्मेलनकाे उद्घाटनमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सचिब जनक बुढाले राजनैतिक र बैचारीक निर्देशनात्मक प्रशिक्षण दिएका थिए ।
सम्मेलनकाे बन्दशस्त्रबाट नवनिर्वाचित पदाधिकारीलाई अपाङ्गता संगठन नेपालका केन्द्रिय उपाध्यक्ष एवं राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश सचिब नरदीप धामी र संगठनका केन्द्रिय सचिब तथा प्रदेश ईञ्चार्ज भवानी ऐरले राताे टीका लगाई सफथ गराएका थिए ।