याेजनाकाे खिचातानीले सुदूरपश्चिममा बजेट भाषणकाे समय सारियाे

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज आइतबार बजेट ल्याउदै छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि साँझ ५ बजे बजेट सार्वजनिक गर्ने भनेपनि तयारी नपुगेकाे भन्दै साँझ ७ बजेलाई सारिएकाे हाे । 

स्राेतका अनुसार बजेटका विषयमा आर्थिक मामिला मन्त्रालय र भाैतिक पूर्वाधार बिकास मन्त्रालयबीचकाे खिचातानीले याेजनाहरु बजेटमा समेटन सकिएकाे छैन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकारकाे अनुराेधमा समय सारिएकाे जानकारी दिए । संविधानअनुसार प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले प्रदेश सरकारले समयमै बजेट ल्याउन तयारी गरिरहेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । आगामी वर्षको बजेट पनि सोही हाराहारीमा रहने अनुमान गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.