अत्तरिया बसपार्कमा यात्रुका गरगहना चोरी गर्ने ३ जना पक्राउ

धनगढी । सुदूरपश्चिमकाे चाेक भनेर चिनिने कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्दै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। बसपार्कमा चोरी गर्दै आएको आरोपमा प्रहरीले दाङको तुल्सिपुर नगरपालिका–७ शारदानगर घर भई धनगढीको ज्ञानु प्लाजामा बस्दै आएका ३२ वर्षीय कैलाश नेपाली, ४२ वर्षीय अर्जुन बादी र ४२ वर्षीय कृष्ण बिकलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बिभिन्न मितिमा चोरी गरिएका २ थान नौगेडी, सानो र ठुलो गरि २ थान तिलहरी र १ थान गलोबन्दी बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए ।

उनीहरुलाई बिहिबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट डीएसपी चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.