सर्पको टोकाइबाट धनगढीमा शिक्षकाको मृत्यु

धनगढी । कैलालीको धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाकाे मृत्यु भएकाे छ । धनगढी उपमहानगरपालिका–३ बोराडाँडी घरमा सर्पले टाेक्दा कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षिका पार्वती अवस्थीको मृत्यु भएको हाे।

गोदावरी नगरपालिकाको शारदा माविमा कार्यरत शिक्षिका अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। अवस्थीलाई सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.