Dashain Suvakamana

वृहस्पति ग्रह अस्त हुँदै, आजबाट शुभ कार्यहरु गर्न नहुने

काठमाडौँ । आज बेलुकी ५ बजेर ७ मिनेटबाट वृहस्पति ग्रह पश्चिममा अस्त हुँदै छन् । आजबाट अस्त हुने वृहस्पति असार २२ गते आइतबार बिहान ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय हुनेछन् । जब यो ग्रह अस्त हुन्छ तब यसको शुभ प्रभावहरू पृथ्वीका कम आउने विश्वास गरिन्छ र शुभ कार्यहरू गरिँदैन ।

महत्त्वपूर्ण दुई शुभ ग्रहहरू वृहस्पति र शुक्र अस्तको समयमा शुभ कार्य थालनी गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता पनि रहेको छ । त्यसैले असार २५ सम्म विवाह लगायत कुनै शुभ कार्य गर्न नहुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए।

mahotsab

वृहस्पति अस्त हुँदा के गर्नु हुँदैन ?

वृहस्पति अस्तको समयमा इनार, बगैँचा, तलाउ वा कुवा निर्माण गर्नु, गृहरम्भ वा गृहप्रवेश, मन्दिर आदि निर्माण, देवतास्थापना, प्राण प्रतिष्ठा आदी, चान्द्रायाणदी व्रतको आरम्भ र उद्यापन, वधुप्रवेश, तुलादानादि माहादान, सोमयाग, अष्टकाश्राद्ध, आग्रायणेष्टि, जलशाला निर्माण, प्रथमउपाकर्म, वेद व्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षा ग्रहण, चुडा, व्रतबन्ध, विवाह, कहिल्यै नगरिएको देवताको दर्शन, कहिल्यै नगएको तीर्थयात्रा, अग्निहोत्र, सन्यासव्रत, चतुर्मास्ययाग, प्रथम राजदर्शन, राज्याभिषेक, समावर्त, कर्णवेध जस्ता शुभ कार्यहरू गर्नु हुँदैन भनी शास्त्रमा वर्णन गरिएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.