सुदूरपश्चिम तराई क्षेत्रमा कहिले हुन्छ वर्षा ?

धनगढी । नेपालमा मनसुन दुई साता पुग्न थाल्दा पनि सुदूरपश्चिम तराई क्षेत्रमा अझै बर्षा हुन सकेकाे छैन् । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागका अनुसार सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

यस्तै, डडेलधुरामा भारी वर्षा पूर्वानुमान छ । जिल्लाको गाइबाद्दे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थप वर्षा हुने सम्भावना रहेकाले डडेलधुरा र कन्चनपुर जिल्ला भएर बहने खोलाहरुमा बहाब बढ्नसक्ने विभागले बताएको छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहेकाहरूलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.