धनगढी। केही दिनयता कैलाली-कञ्चनपुरमा अत्यधिक गर्मी बढेकाे छ । गर्मि बढेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ ।
‘वर्षे बिदाबाट मिलान हुने गरी दुई दिन बिदा दिने निर्णय भएको छ,’ नगर प्रमुख पोतीलाल चौधरीले भने, ‘मंगलबार र बुधबार दुई दिन नगरका सबै विद्यालयमा बिदा हुनेछ ।’
पछिल्ला केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै बिदा दिने निणर्य भएको हाे ।