गाैरीफण्टा नाकाबाट नेपाल भित्रिएका थप चार जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । भारतबाट धनगढीस्थित गाैरीफण्टा नाकाबाट नेपाल भित्रिएका थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप चार जनामा संक्रमण देखिएकाे  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् ।

सङ्क्रमण पुष्टि हुनेमा सबै भारतबाट आएका पुरूष छन् । ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन्। जाेशीले भने, ‘शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।’

यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो । संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको उहाँको भनाइ छ। एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमूना काठमाडौँस्थित प्रयोगशालामा पठाइएको छ।

उता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.