
धनगढी । आजदेखि सार्वजनिक यातायात ठप्प पारेका यातायात व्यवसायीहरुले कैलाली कञ्चनपुरका बजारमा अटाेरिक्सा समेत चल्न नदिएपछि सर्वसधारण यात्रुहरु मार्कामा परेका छन।
गण्डकीमा नीजि सवारीलाई सार्वजनिक यातायात जस्तै मान्यता दिइएपछि आन्दोलित बनेका उनिहरुले सार्वजनिक यातायातहरु बन्द गरेका हुन। यातायात व्यवसायीहरुले सार्वजनिक यातायात मात्रै नभई अटोरिक्साहरु समेत बन्द गरेका छन। कैलाली कञ्चनपुरका बजार क्षेत्रमा बिहानैदेखि निर्बाद चल्दै आएका अटाेरिक्साहरुलाई दशबजेपछि आन्दाेलनरत व्यबसायीले राेक्न थालेका थिए ।
यात्रु बोकिरहेका सबै यातायातका साधनहरु बन्द गरिरहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालि अत्तरिया शाखाका ईन्चार्ज शिवराज भट्टराईले जानकारी दिए। उनले कालो नम्बर प्लेटका सवारी साधनहरु मात्रै नभई यात्रु बोकिरहेका सबै सवारी साधनहरु बन्द भैरहेको बताए। उनले निजी सवारी साधनहरुलाई भने आवतजावतमा कुनै रोक नभएको बताए।
अटाेरिक्सा समेत बन्द गरिदाँ बजार एरियाभित्रै व्यपार व्यबसाय गर्न हिडेकाहरु, बिधार्थी तथा सेवाग्राही र सर्वसधारणहरुलाई गन्तव्यतिर जान-आउन समस्या भैइरहेकाे बताएका छन् ।
