सुदूरपश्चिमको आर्थिक बृद्धिदर सबैभन्दा कम

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक बृद्धिदर सबैभन्दा पछाडी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालका सातै प्रदेशको आर्थिक बृद्धिदर बारे गरेको प्रक्षेपण अनुसार सुदूरपश्चिममा सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरेको हाे।

कृषी क्षेत्र सुधार भइरहेपनि त्यसको प्रसोधन तथा बजारिकरणको अभावका कारण आर्थिक बृद्धिदर पुछारमा पुगेको बिज्ञहरु बताउछन् । धनगढीमा आयोजित कार्यक्रममा तथ्याकं समन्वय कार्यालय कैलालीका प्रमुख गोबिन्द न्यौपानेले प्रस्तुत गरेको तथ्याकं अनुसार राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपणमा सबैभन्दा बढी बृद्धिदर गण्डकी प्रदेशमा हुनेछ । गण्डकी प्रदेशमा ५ दशमलव ५१ प्रतिशतले आर्थकि बृद्धि हुनेछ ।

त्यस पछि बागमती प्रदेशमा ५ दशमलव १८ प्रतिशतले बृद्धी हुने छ, भने सुदुरपश्चिम प्रदेशमा सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरिएको छ । सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मुल्यमा चालु आर्थिक बर्षका लागी ४ खर्ब ३० अर्ब रहने अनुमान छ ।

चालु आर्थिक बर्षमा सबैभन्दा बढी योगदान कृषि, बन तथा मस्य क्षेत्रको रहने अनुमान गरिएको छ भने, सबैभन्दा कम प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.