धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तराज तिम्सिनामाथि कुटपिट घटनामा पक्राउ परेका नगर प्रहरी प्रमुख सहितलाई १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले अनुमित लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले पक्राउ परेका चारै जनामाथि भन्सार प्रमुख तिम्सिनाको जाहेरीका आधारमा कुटपिट र अभद्र व्यवहार मुद्दामा कारबाही प्रकृया अगाडि बढाइएको जानकारी दिए ।
भन्सार प्रमुखमाथि कुटपिटको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, उनका सवारी चालक रतन मल्ल, नगर प्रहरी हवल्दार मणीदत्त भट्ट र नगर प्रहरी जवान जितेन्द्रसिंह धामीलाई पक्राउ गरेको छ ।
भन्सार कार्यालय परिसरभित्र गत शनिबार राती तिम्सिनामाथि कुटपिट भएको थियो ।