अत्तरिया बसपार्कमा बेहोस भेटिएका युवाकाे मृत्यु

धनगढी । कैलालीको अत्तरिया बसपार्कमा बेहोस अवस्थामा भेटिएका एक जना युवाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेहोस भेटिएका नाम, थर नखुलेका उनलाई प्रहरीले उपचारका लागि स्थानीय पद्यमा अस्पताल पुगाएको बताए । तर पद्यमा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो ।

उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.