धनगढी। बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति बैतडीको सदरमुकाम खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएर बाहिर निस्केका थिए । भूकम्पले पुर्याएकाे क्षतिबारे जानकारी लिइरहेकाे जिल्ला प्रशासनले बताएकाे छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीले पनि सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।