डोटी । डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य भएको छभने अर्काे एक जना घाईते भएका छन्। पुर्विचौकी गाउँपालिका–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै, चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ ।