काठमाडौं। आगामी आर्थिक वर्षको बजेटसँगै समसामयीक विविध बिषयमा नेपाली कांग्रेस संसदीय दलले शनिबार नयाँ बानेश्वरमा बैठक बसेर छलफल गरेको छ। बैठकमा सहभागी सांसदहरूले सरकार एमालेकरण भएकाे भन्ने आवाज बलियो रूपमा उठाएकाे पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताएका छन् ।
बैठकमा सांसदहरूले क्षेत्रगत सन्तुलन कायम गर्दै समावेशी र न्यायपूर्ण ढंगले बजेट वितरण हुनुपर्नेमा जोड दिएका थिए। गर्भनरको विषय पनि छलफलमा आएको जनाइएको छ। त्यस्तै, ठूलो दल भएर पनि सरकारमा कांग्रेसको उपस्थितिलाई सम्मानजनक नभएको भन्दै सांसदहरूले असन्तुष्टि पोखेका छन्।
कांग्रेस सांसदहरूका अनुसार पार्टीको हैसियतअनुसार सरकारमा अझ ठूला जिम्मेवारी पाउनु पर्ने माग पनि बैठकमा उठेको थियो।